सिमरा,इलाका प्रहरी कार्यालय सिमराले जीतपुरबाट १० जना जुवाडेलाई पक्राउ गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका ७ शान्ति टोलस्थित माधवप्रसाद आचार्यको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक सुभद्रा लामा वाईवाको कमाण्डमा खटेको टोलीले निज आचार्यको घर खान तलासी गर्दा तास र खेलिरहेको ३१ हजार नगदसहित स्थानीय अर्जुन साह सोनारको छोरा वर्ष ३३ को ओमप्रकाश कुमार सरार्फ, शंकरप्रसाद गुप्ताको छोरा वर्ष ३६ को सोनुकुमार गुप्ता, माधव आचार्यको छोरा वर्ष ४५ को नबिनकुमार आचार्य, राजबंशी प्रसाद दासको छोरा वर्ष ४२ को बिर्जु दासलाई शनिवार दिउसो पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरीले भैरव साहको छोरा वर्ष ३९ को रामबाबु साह, जमुना साहको छोरा वर्ष ३५ को सुधिरकुमार सोनार, बिष्णु साहको छोरा वर्ष ५० को दिपलाल साह, सोनालाल साहको छोरा वर्ष ३६ को बलिराम साह, वर्ष ३० को सुनिलकुमार साह सोनार र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ वस्ने ४२ को धर्मेन्द्र सहनीलाई पनि पक्राउ गरेको छ ।

Leave a Reply