वीरगञ्ज,सशस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख नगदसहित बिहीबार वीरगञ्जबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका ८ गहवा बस्ने ४४ वर्षीय अनिलकुमार साह रहेका छन् ।सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले बिहीबार दिउँसो वीरगञ्ज १६ स्थित भन्सार मेनगेटबाट उक्त रकमसहित साहलाई नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी सहायक निरीक्षक मोहमद मुस्ताक अलीको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ प ९५८७ नम्बरको मोटरसाइकल जाँच गरेको थियो । जाँचका क्रममा मोटरसाइकल चालक साहले सिटको कभरमुनि प्लास्टिकमा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त नगद फेला परेको हो ।


















