कलैया,बारा प्रहरीले १५ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले उनीहरुलाई मंगलवार राति १०ः३० बजेको समयमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगरबाट गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा बस्ने वर्ष २७ को सरोजकुमार गिरी, रौतहट फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवा बस्ने अन्दाजी वर्ष ५० को रामानन्द साह र सोही ठाउँ बस्ने वर्ष ४५ को चुलाई महरा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाको बारागढीबाट भारततर्फ जाँदै गरेको ना ३८ प १४११ नम्बरको मोटरसाइकलमा शंका लागि चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट १५ केजी लागुऔषध गाँजा बरामद भएको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । पक्राउ परेका तिनैजनाविरुद्ध लागुऔषध सम्बन्धि मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ३ दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।



















