नेपालको राजनीति यस्तो अवस्थामा गुज्रिदै गएको छ कि नेपाली जनताले कुशल नेताको अभाव बषौंसम्म बेहोर्नु पर्ने अवस्था देखिएको छ । वर्तमान नेतृत्वको अकर्मण्यताले यतिबेला केही सचेत नेपाली जनताले इतिहासका केही उर्जावान नेताहरुको संझना गर्दै छन । विशेश्वरप्रसाद, कोइराला, मदन भण्डारी जस्ता वौद्धिक, गणेशमान, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी जस्ता शालिन र त्यागी नेताहरुको नेतृत्व पाएका नेपाल जनता अहिलेको नेतृत्व वर्गलाई देखेर निराश हुनु पक्कै पनि अस्वभाविक होइन । नेतृत्वमा खडेरी परेको आजको अवस्थामा सचेत र जिम्मेवार नागरिकहरुले अघिल्लो पुस्ताका ती नेताहरुको स्मरण स्वभाविक नै हो ।
त्यसो त राजनीतिक रुपमा आम नागरिकहरुमा धेरै ज्ञान पनि आएको छैन र त्यसको फाइदा राजनीतिक दलहरुका असक्ष र भ्रष्ट नेताले भरमजदुर रुपले लिइरहेका छन् । यो किन पनि भनिएको हो भने कुनै पनि राजनीतिक दलको कार्यक्रम भयो भने नागरिकहरुको बाक्लो उपस्थिति हुन्छ । जनता अहिले पनि नेतृत्वको क्षमता जाँचपडताल गर्ने र खोज्ने पक्षमा छैनन ।
जतना कामै छाडेर भएपनि नेताको भाषणको पछि दगुर्ने गर्दैआएका छन् । त्यसैले पनि नेपाली जनताको राजनीतिक ज्ञान कम छ भन्न खोजिएको हो । राजनीतिक विश्लेषणको अभावमा सर्वसाधारण जनता कुनै एकजना नेताले जे भने त्यसैको पछाडि दौडने बानी जनतामा परेको छ । त्यसैले जनताको धारणा र सोचाइमा परिवर्तन आवश्यका छ र यसकोलागि चेतता स्तरमा पनि सुधार हुन जरुरी छ ।
अहिले देशको अवस्था पनि यस्तै छ । एकथरीले नेताले अर्का थरीलाई खराब देख्दैछन् । एकले अर्कालाई गाली गर्दैछन् । सकेसम्म राजनीतिक रुपमा खुइल्याउनका लागि अनेक प्रत्यन्त गरेको देखिन्छ । जुन राजनीतिक रुपमा बेइमानी हो । राजनीतिमा न्युनतम इमान्दारिता हुन आवश्यक छ तर नेतामा त्यस्तो देखिएको छैन । युवा पुस्ताका केही बाहेक सबै दलहरुमा आजका अधिकांश शीर्ष तहका नेताहरुमा राजनीतिक इमान देखिदैन । फेरि सबै दलमा नयाँ पुस्ताका नेताहरु केही वर्षसम्म नेतृत्वमा पुग्ने अवस्था पनि देखिदैन । त्यसैले आगामी दिनहरुहमा पनि नेपाली जनताले सवल, सक्षम र योग्य नेता पाउन नसक्ने निश्चित छ ।