धिरेन्द्र तिवारी

कलैया,जिल्ला प्रहरी कार्यालय बाराले आइतवार जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेकोछ ।नेपाल प्रहरी श्रीमती संघको २९औ स्थापना दिवसको अवसरमा रक्तदन कार्यक्रमको आयोजना भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले गर्नुभएको थियो । उहाँले पहिलो रक्तदानको रुपमा रक्त दान गरेर कार्यक्रमको प्रारम्भ गर्नुभएको थियोे ।रक्तदान कार्यक्रममा १ महिला र ६७ जना पुरुष गरि जम्मा ६८ जनाले रक्तदान गरेका छन । रक्तदान कार्यक्रममा नेपाली सेनाका सेनानी कृष्ण श्रेष्ठ, उमेश ढुंगाना, जिल्ला प्रहरी कार्यालय बाराका विभिन्न फाँटका प्रहरी, कर्मचारी, जिल्ला मातहतका युनिटका प्रहरीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनुभएको छ ।कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोगटीले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।रक्तदान कार्यक्रम प्रादेशिक अस्पताल कलैया बाराका ब्लड बैंकका प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

यसैबीच समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।जिल्ला प्रहरी कार्यालय पर्सामा भएको रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहित विभिन्न संघ संस्थाका प्रतिनिधि एवम् सर्वसाधारण नागरिकले रगत दान गरेका थिए ।रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेकाअनुसार ४ जना महिला सहित १ सय २ जनाले रक्तदान गरेका हुन् । रक्तदान गर्नेतर्फ प्रहरीबाट ७१ जना र आम नागरिकतर्फ ३१ जना रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।कार्यक्रममा भावना घिमरे, बबिता पासवान, राज पहरी, नमिता पाख्रिन, राजेश पण्डित, सरोज खड्का, श्यामबाबु यादव, जितेन्द्र मण्डल लगायतले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुलाई अतिथिहरुले प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।अस्पतालहरुमा बिरामीको उपचारको लागि रगतको अभाव हुन नदिने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक आशुतोषबहादुर शाहीले बताउनुभयो ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, शिवप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलीया, नेपाली सेना श्रीजंग गणका प्रमुख डायमण्ड कार्की, यात्रा डेलीका प्रबन्ध निर्देशक राम सर्राफ, महेश सिंह धामी, युवा अभियानताद्वय दिलिपराज कार्की, राजन श्रीवास्तव लगायत विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply