नेपालको राष्ट्रिय खेल त क्रिकेट होइन तर देशभर क्रिकेटप्रतिको दर्शकहरुको रुचीले भने नेपालमा राष्ट्रिय खेलको रुपमा क्रिकेटले कब्जा जमाउन थालेको छ । यसको उदाहरण शनिवारको काठमाडौंको किर्तीपुरको परिदृष्यले पनि प्रमाणित गर्दछ । नेपालमा शनिवारबाट पहिलो पटक एनपिल संचालनमा आएको छ । देशभरका नाम चलेका क्रिकेट क्लबहरुको सहभागिता रहने यो खेलमा शनिवार दर्शकहरुको ठूलो संख्यामा उपस्थिति देखिएको छ । हुन त यहाँ क्रिकेट मात्रै खेल र अरु चैं होइन भन्न पनि खोजिएको होइन । फूटबल र भलिबलमा पनि नागरिकहरुको रुची होला नै तर बढी चैं क्रिकेटमा नै देखिएको छ । पछिल्लो पुस्ताको लगाव चैं बढी क्रिकेटमा नै छ ।
नेपालमा कुनै समयमा डण्डीबियो लोकप्रिय थियो होला तर अब यो खेल लोप हुदै गइसकेको छ । लगभग नयाँ पुस्ता यो खेलको विषयमा अनविज्ञ नै छ । अब राष्ट्रिय खेलको विषयमा चैं पुर्नविचार हुन आवश्यक छ ।
सबै खेलको आफ्नो ठाउँमा उत्तिकै महत्व छ र उत्तिकै महत्वपूर्ण पनि छन् । नेपालको तराई मधेसमा त क्रिकेटको क्रेज धेरै पहिलादेखि नै थियो तर अहिले पहाडी भेगमा पनि यसको क्रेज बढ्दै गइरहेको छ । यो खेलको बिस्तार पनि भइरहेको छ । खेलप्रति रुचि हुनु र खेलमा नयाँ पुस्ताको चासो रहनु देश र स्वयम् व्यक्ति अनि समाजका लागि नै फाइदा हो । त्यसैले एनपिएलमा देखिएको क्रेज साच्चिकै लोभ लाग्दो छ ।

















