वीरगञ्ज,पर्सा प्रहरीले मोटरसाइकल चोरीको आरोपमा रौतहट घर भइ हाल बारामा बस्दैआएका एकजनालाई पक्राउ गरेको छ ।रौतहटको फतुवा विजयपुर नगरपालिका– ८ स्थायी घर भई बारा जिल्लाको बारागढी गाउँपालिका– ८ मा बसोबास गर्दै आएका २७ वर्षीय छोटेलाल सहनीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार अपराह्न ५ बजेको समयमा वीरगञ्ज महानगरपालिका– ९ रानीघाटस्थित शङ्करप्रसाद तेलीको घरअगाडि पार्किङ गरिएको मधेस प्रदेश ०३–०३६ प ८५१७ नम्बरको २०० सिसीको कालो रातो रङ्गको एनएस मोटरसाइकल चोरी भएको थियो । उहाँका अनुसार, पार्किङ गरिएको अवस्थामा चोरले लक तोडेर मोटरसाइकल चोरी गरेका थिए ।घटनास्थलबाट करिब ४० मिटर अगाडि मोटरसाइकल डो¥याउँदै गरेको अवस्थामा प्रहरीको विशेष टोलीले सहनीलाई नियन्त्रणमा लिएको डिएसपी लम्सालको भनाई छ ।पक्राउ परेका सहनीविरुद्ध चोरीसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिनुनभयो ।

Leave a Reply