तराई मधेशको स्वार्थसँग बढी सरोकार रहेको निजगढ– काठमाडौं द्रुतमार्ग निर्माण कार्यले अपेक्षाकृत रुपमा सफलता हासिल गर्न नसेको कुरा सत्य हो । निजगढबाट काठमाडौं जोड्ने भनिएको यो फाष्ट ट्याक वा द्रुत मार्ग निर्माण भएको खण्डमा निजगढवासीहरुले मात्रै फाइदा भने लिने छैनन् । सिङ्गो देशनै लाभान्वित हुने छ । शुरुमा केही ठेकेदार कम्पनीबाट यो बाटो बनाउने प्रयास गरिएपनि त्यो सफल भएन ।

त्यसपछि यसको जिम्मा नेपाली सेनाले लिएको छ । नेपाली सेनाले हात हालेपछि त धेरै कुरा सफल हुन्छ भन्ने आम नागरिकरुलाई परेको छ र नागरिकहरु आशावादी पनि छन् । हुन त फाष्ट ट्याकको कुरा गर्दा अहिलेसम्म काम नै भएको छैन भन्न पनि सकिदैन केही प्रयास त भएको छ । कम्तीमा ट्याक खोल्ने कार्य त सम्पन्न भएको सेनाले जनाएको छ । तर अपेक्षाअनुसारको काम अगाडि बढ्न सकेको छैन ।

यसो हुनुमा नेपाली सेना मात्रै दोषि नहोला । बिशेष गरी खोकनाबासीको अवरोधका कारण यो बाटो बनाउन समस्या भएको भन्ने कुरा पटक पटक सार्वजनिक हुने गरेको छ । फाष्टट्याक बन्यो भने त फेरि अरुले भन्दा अलि बढी फाइदा निजगढ र खोकनाबासीले नै पाउने हो । यसतर्फ उनीहरुले पहिला सोच्न आवश्यक छ । जुन सोच उनीहरुले बनाएको जस्तो पाइदैन । यो तराई मधेश सहित देशकै गौरवको योजना हो यो कुरा सबैले बुझ्न जरुरी छ । सानातिना स्वार्थमा यति महत्वको आयोजनामा अवरोध उत्पन्न गर्ने प्रयास गर्नु जायज मान्न सकिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here