निजगढ,निजगढ नगरपालिकाले जफत गरेको ढुंगाको बडाबड प्रक्रियामार्फत बिक्री गर्न दोस्रो पटक बोलपत्र आह्वान गरेको छ ।१ महिनाअघि पहिलो पटक आह्वान गरेको ठेक्कामा कसैको पनि बोलपत्र नपरेपछि नगरपालिकाले १५ दिनको म्याद राखेर दोस्रो पटकको सोमवार लागि विद्युतीय बोलपत्र आह्वान गरेको हो ।केही स्थानीयले बकैया खोलाबाट अवैध रूपमा निकालेर निजगढ– ४ कछडिया बस्ती आसपासमा थुपारिएको अवस्थामा कार्यालयले जफत गरेको ढुङ्गा विद्युतीय बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो ।

यसअघि ३० दिने सूचना जारी गरे पनि आइतबार टेन्डर खोल्दा कुनै पनि इच्छुक कम्पनीले ढुङ्गा खरिद र निकासीका लागि आवेदन नदिएपछि फेरि अर्को सूचना निकालिएको नगरपालिकाको राजस्व शाखाले जनाएको छ । नगरपालिकाले जफत गरेको ६ लाख ७ हजार ७ सय ३२.८९ घन मिटर (२३ लाख ८९ हजार ६ सय १६.७० क्यूफिट) ढुङ्गाका लागि मूल्य अभिवृद्धि करसहित २ करोड १६ लाख २ हजार १ सय ३६ रुपैयाँको टेन्डर आह्वान गरेको छ । तर पहिलो पटक कुनै पनि ठेकेदार वा कम्पनीले टेन्डर नहालेपछि जफत गरिएको ढुङ्गाको व्यवस्थापनको लागि नियमअनुसार दोस्रो पटक बोलपत्र आह्वान गरिएको हो ।

Leave a Reply