कृष्ण मोहन साह
सेढवा,बर्षेबाली धानपछि अर्को मूख्यबाली गहुँ छर्ने बेला रासायनिक मलका लागि पर्सा जिल्लाका किसानहरु भौतारिदै हिड्नुपर्ने अवस्था उत्पन्न भएको छ । गहुँबालीका लागि किसानहरुले डिएपी, यूरिया र पोटास जस्ता रासायनिक मलको आभाव झोल्नु परेको बताएका छन । गहँु छर्ने समयमा डिएपी साढे दुई किलो डिएपी, यूरिया र पोटास डेढ÷डेढ किलोग्राम प्रतिकट्ठाको दरमा न्यूनतम मलको आवश्यकता पर्ने किसानहरुले जनाएका छन ।

पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का किसान बिगा महरा चमारका अनुसार गहँु छर्ने समय भइसकेको र आवश्यकता अनुसारका अन्य सामग्रीहरुको व्यवस्थापन भइसके पनि रासायनिक मलको अभावका कारण काम रोकिएको गुनासो गर्नुभयो । स्थानीय कृषि सहकारी संस्थामा रसायनिक मल नपाएका कारणले अन्य बजारमा मल खरिदका लागि धाउदै आएको भएपनि रासायनिक मलको अभाव भएको गुनासो गर्नुभयो ।त्यस्तै जिराभवानी गाउँपालिका वडा नम्बर ३ नौकाटोला निवासी राजकपूर रायका अनुसार रासायनिक मलको अभावका कारण किसानहरु बिचलित भएको बताउनुभयो । किसानसंग रकम हुँदाहुँदै पनि समयमा मल नपाउनुमा तीनै तहका सरकार जिम्मेवार रहेको बताउनुभयो ।

देशलाई कृषि प्रधान देश भनिन्छ तर किसानहरूला आवश्यकता परेका बेला मल, बिऊबीजन उपलब्ध गराउन नसक्नु सरकारले आम नागरिकको हकहितमा काम नगरी व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको रायले आरोप लगाउनुभयो ।
साल्ट ट्रेडिङ्ग कम्पनी र कृषि सामग्री संस्थानले माग बमोजिम मल नदिएका कारण किसानहरुलाई मल उपल्बध गराउन नसकिएको स्थानीय कृषि सहकारी संस्थाका संचालकहरुले बताएकाछन ।

जिराभवानी गाउँपालिका वडा नम्बर २ सेढवामा रहेका मारुतीनन्दन कृषि सहकारी संस्थाका संचालक सत्यनारायण साहले कृषि सामग्री संस्थानले गहुँ छर्ने बेला एक पटकमात्र मल पठाएका हुँदा मल अपुग भएको बताउनुभयो । एक लटमा कृषि सामग्री कम्पनीले जिराभवानी गाउँपालिकामा एक हजार बोरा यूरिमा र ८ सय तीस बोरा डिएपी मात्र दिएको साहले जानकारी दिनुभयो । वडाको भागमा एक सय साठी बोरा डिएपी र एक सय नब्बे बोरा यूरिया आएको र सो मल गएको सातामा वितरण गरेको साहले बताउनुभयो । अब मल कहिले आउने कुनै ठेगान नभएको साहले बताउनुभयो । यस पटक साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले अहिलेसम्म मल नदिएको साहले सुनाउनुभयो ।
नेपाली बजारमा रासायनिक मल नपाइएपछि स्थानीय किसान भारतीय बजारबाट मल खरिद गर्न बाध्य भएका छन । किसानहरुले नेपाली बजारभन्दा महंगो मूल्य तिरेर गुणस्तरहिन रासायनिक मल खरिद गर्नुपरेको किसानहरुले गुनासो गरेका छन ।

भारतीय बजारमा किसानहरूले साढे तीन हजारमा डिएपी तथा खरिद गर्नुपरेको किसानहरुको भनाई छ । त्यसमा पनि गुणस्तरमा शंका लाग्ने गरेको किसानको भनाई छ । भारतीय बजारमा पोटास प्रतिबोरा १८ सयदेखि ३५ सय रुपैया रहेको हुँदा सक्कली र नक्कली चिन्न गाह्रो हुने किसानको भनाई छ । त्यही मल ल्याउदा पनि सीमामा खटेका दुई देशका सुरक्षाकर्मीबाट गाली गलौज र अभद्र व्यवहार खेप्नुपरेको किसानहरुको भनाई छ । उद्यपि भारतको सिकटा, मैनाटांड, इनरवा र भंगहा लगायतका सीमावर्ति बजारमा मल खरिद गर्न नेपाली किसानहरुको भिड बढेको छ ।

Leave a Reply