निजगढ,बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा अम्बिकाप्रसाद चौलागाई पुनः निर्वाचित हुनुभएको छ ।संस्थाको शनिवार भएको १४औं वार्षिक साधारण सभाबाट चौलागाईको अध्यक्षतामा नयाँ सञ्चालन समितिका पदाधिकारी र लेखा समिति संयोजक र सदस्य सर्वसम्मत निर्वाचित भएकाहुन । समितिको उपाध्यक्षमा केदारप्रसाद गौतम, सचिवमा लिलानाथ बन्जरा, कोषाध्यक्षमा अन्जु नेपाली सर्वसम्मत निर्वाचित भएका छन् ।त्यसैगरी सदस्यमा मुकुन्दराज लामिछाने, गोविन्दप्रसाद सापकोटा, हरेराम शर्मा, उषा मोक्तान लामा, उत्तम तिमल्सिना निर्वाचित भएका छन् ।त्यसैगरि लेखा समितिको संयोजकमा पार्वती अधिकारी पुनः निर्वाचित हुनुभएको छ । समितिको सदस्यमा नानीदेवी थापा र समुन्द्र नेपाल चयन भएका छन् ।निर्वाचन मण्डलका संयोजक यादवकुमार तिमल्सिनाले सभाहलबाट प्राप्त नामको आधारमा सर्वसम्मत रुपमा समितिको नाम घोषणा गर्नुभएको हो । निर्वाचन मण्डलको सदस्यमा कृष्णकुमार खुलाल, गोविन्द अधिकारी र सहजकर्तामा भोलाप्रसाद गौतम रहनुभएको थियो ।
संचालक समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक यादवकुमार तिमल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।साधारण सभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्चुतप्रसाद मैनालीले यसअघि उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply