वीरगञ्ज,पर्साको जगरनाथपुर गाउँपालिकाको सामूदायिक विद्यालयका कक्षाकोठामा शिक्षक-शिक्षिकाहरुका लागि मोबाइल तथा कुर्सी प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।पालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले सो निर्णय गरेको हो ।कक्षा संचालनका समयमा मोबाइल तथा कुर्सीको प्रयोगका कारण शैक्षिक क्रियाकलापमा नाकारात्मक प्रभाव परेको हुँदा सो निर्णय गरिएको शिक्षा शाखाका प्रमुख अशोक सिंहले जानकारी दिनुभयो । पालिकाभित्र रहेका ३१ वटा सामूदायिक तथा धार्मिक विद्यालयमा सो नियम लागू हुने प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

विद्यालयमा अनुगमन गर्ने क्रममा विद्यार्थी पढाउने बेलामा शिक्षक-शिक्षिकाहरुले कुर्सी तथा मोबाइल प्रयोग गरेको पाइएमा सो शिक्षक÷शिक्षिकालाई पालिकाले कार्यबाही गर्ने सूचनामार्फत चेतावनी दिइएको छ ।विद्यालयमा कार्यरत रहेका अपाङ्ग शिक्षक शिक्षिकाका लागि भने कक्षाकोठामा कुर्सी प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

Leave a Reply