वीरगञ्ज,पर्साको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा अख्तियारको टोलीले छापामारी गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोलीले कार्यालयमा छापामारी गरेको हो ।
आयोगका सूचना अधिकारी गोबिन्दप्रसाद गौतमले यातायात व्यवस्था कार्यालयको नियमित अनुगमनका लागि टोली आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार यातायात व्यवस्था कार्यालयमाथि परेको उजुरीहरुको छानबिन तथा कागजपत्रहरु संकलन गर्नका लागि टोली वीरगञ्ज आएको हो ।अख्तियारको टोली हाल यातायात कार्यालयमै रहेर कागजपत्र संकलन गरिरहेको र टोली फर्किसकेपछि मात्र यसबारे जानकारी आउने उहाँको भनाई छ ।

















