सिमरा,सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको सिमरा महिला सहकारी पत्रकारिता पुरस्कार कृपा दैनिकका सम्वाददाता विदुर खड्कालाई प्रदान गरेको छ । सहकारी संस्थाको शनिवार भएको १७औं वार्षिक साधारणसभामा कृपा दैनिकका डुमरवाना सम्वादाता खडकालाई उक्त पुरस्कारले सम्मान गरेको हो । संस्थाले अघिल्लो वर्ष उक्त पुरस्कार इशिलालेख डटकमका संचालक दिवाकर भण्डारीलाई प्रदान गरेको थियो ।
साधारण सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघकी उपाध्यक्ष कोपिला सिंखडा, संस्थाकी निवर्तमान अध्यक्ष अनिता लम्साल अधिकारी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, औराह दुग्ध उत्पादक सहकारीका अध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, निरु रायमाझीलगायतले सम्बोधन गरेका थिए ।
साधारणसभाको अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिका साथै संस्थाका उत्कृष्ट बाल बचतकर्ता, ऋण कारोबारकर्ता, बचतकर्ता, पूर्व संचालक पदाधिकारीलगायतलाई सम्मान गरेको थियो ।संस्थाले सामाजिक योगदानतर्फ स्व. डा. कृष्ण पौडेल, उत्कृष्ट बालबचत कर्ता जिज्ञासा भण्डारी, साक्षात सिंह, उत्कृष्ट बचतकर्ता कल्पनाकुमारी पराजुलीर राधादेवी सापकोटा, उत्कृष्ट ऋण कारोबारकर्ता सुनिता खड्का र सरिता पाण्डे, जेष्ठ सदस्य आशादेवी लामा, उत्कृष्ट समूह सयपत्री र जगतजननीलाई सम्मान गरिएको थियो । स्व. डा. पौडेलको सम्मानमा उहाँकी पत्नी शर्मिला पौडेलले ग्रहण गर्नुभएको थियो ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित सिमरा पार्कमा साधारण सभा सम्पन्न भएको हो ।


















