अनिल तिवारी
सिमरा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा माघ १ गतेबाट हुने “थारु माघी महोत्सव २०७६” को सम्पुर्ण तैयारी पुरा भएको आयोज समितिले जनाएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव मुलआयोजक समितिले माघ १ गतेबाट ३ गतेसम्म छातापिपरामा आयोजना हुने “थारु माघी महोत्सव २०७६” को सम्पुर्ण तैयारी पुरा भएको जानकारी गराएको हो ।
थारु संस्कृति जोगाऊ, अपन पहिचान बचाऊ भन्ने मुल नाराका साथै आयोजना हुने यस महोत्सवबाट थारु समुदायका संस्कार, सस्कृति, थारु खनाको पौष्टिक परिकार मार्फत आफ्नो पहिचानको संरक्षण गर्न मुल आयोजक समितिका सयोजक लक्ष्मीकान्त प्यारेलाल चौधरीले जानकारी दिनुभएको छ । काम, विस्वास तथा समय अनुसार विभिन्न नामले परिचित यस पर्वलाई थारु समुदायले (लयाँ) अर्थात नयाँ वर्षको रुपमा मनाउदैँ आएको समेत उहाँले जानकारी दिनुभयो । माघ १ गते मनाउने माघि पर्वलाई ठाँउ अनुसार माघी संक्रान्ती, तिलासंक्रान्ती, खिचडी र मार्गदर्शन पर्व भनेर चिन्ने गरेको पाईन्छ ।
यस पर्वको दिन थारु समुदायले नुहाएर नयाँ लुगा लगाउने र आ–आफ्नो घरमा मिठो मिठो परिकार बनाएर खाने चलन रहेको छ । यस दिनमा थारु समुदायको भान्सामा तरुवा, मासु, माछाका परिकार बनाएर खाने गरेको पाईनछ । तर माघी पर्वको मुख्य परिकार भनेको तिलको लठ्ठुका साथै उसिना चामलको भुजा, चिउराको भुजा, जनेरा, आनन्दिको भुजाको लठ्ठु रहेको पत्रकार थारु कल्याणकारी बाराका संस्थापक देवनारायण चौधरीले जानकारी दिनुभयो ।
यस दिन थारु समुदायका साथै यो पर्व मान्ने अन्य समुदायले समेत तिलको लठ्ठु खाएर मात्र कुनैपनि काम गर्ने गरेको पाईन्छ । तराईका कति स्थानमा यस दिन खिचडीसमेत बनाएर खाने लचन रहेको पाईन्छ । थारु समुदायले नयाँ वर्षको भनेर मनाउने यस पर्वको दिन हाली राख्ने, ऋणको हरहिसाब गर्ने, बर्गघर चुनिने र एक वर्षसम्म गरीने कामको योजना बनाउने चलन समेत रहेको चौधरीले जानकारी दिनुभयो । उहाँले यस पर्वलाई मेल मिलाप, सदभाव, प्रेम मान मर्यादा, आदर्श र सम्मानको नैतिक पाठ सिकाउने पर्वको रुपमा समेत दिएको जानकारी दिनुभयो ।
थारु समुदायसंग सम्बन्धित विभिन्न कला संस्कृती झलकिने गरी आयोजना गर्न लागिएको यस ३ दिने माघी महोत्समा बारा जील्ला भरीका करिब २० हजार जनाले सहभागीता जनाउने आयोजक थारु कल्याणकारिणी सभा बाराको विस्वास रहेको छ । २० लाख १५ हजार अनुमानित लागत लाग्ने यस महोत्सवमा २० ओटा स्टलहरु रहने छ भने स्थानिय तथा राष्ट्रिय कलाकालरद्धारा थारु समुदायको संस्कृती झलकने संस्कृतीक कार्यक्रम समेत आयोजना गरीने आयोजकले जानकारी गराएको छ ।