कलैया,यस वर्षको मेलामा गढीमाई मन्दिरमा पूजापाठ र शान्ति सुरक्षाको व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइने भएको छ ।मन्दिरको शान्ति सुरक्षाको सबै जिम्मेवारी नेपाली सेनासहित सुरक्षाकर्मीहरुलाई दिइने पञ्चबर्षिय गढीमाई मेला व्यवस्थापन मुल समितिका महासचिव नरेश जैसवालले जानकारी दिनुभयो ।

शक्तिपिठ गढीमाई मेलामा शान्ति सुरक्षाको लागि मेला परिसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिने महासचिव जैसवालले बताउनुभयो । सुरक्षाकर्मी टोलीले पनि मेला परिसरमा ब्यारेक स्थापना गर्ने कार्य गरेको छ ।
यसैबीच पञ्चबर्षिय गढीमाई मेला २०८१ को तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । मुल समिति अन्तर्गत बनेका २२ वटा उपसमितिहरुले मेला तयारीको काम तीव्र परेका हुन । हरेक पाँच-पाँच वर्षमा लाग्ने गढीमाई शक्तिपिठ मेलामा खानेपानी, आवास, निःशुल्क भोजनालय, शौचालय, सवारीसाधन, पार्किङलगायत भक्तजनलाई मन्दिरसम्म सहज रुपमा पूजापाठको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको हो ।

मेलामा सर्कस, मौतको कुवा, झुला, ब्रेक डान्स, जलपरीलगायत मनोरञ्जनका साधन आउने क्रम पनि अन्तिम अवस्थामा पुगेको छ । समितिका अनुसार आगामी मंसिर १५ गतेदेखि मनोरञ्जनका सम्पुर्ण साधन मेला परिसरमा संचालनमा आउने छन ।त्यसैगरी मेलालाई सभ्य र भव्य बनाउन नेपाललगायत मित्रराष्ट भारतका भक्तजनलाई गढीमाईको विशेष पूजामा सहभागी हुन मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादवले आग्रह गर्नुभएको छ ।

Leave a Reply