सिमरा,नेकपा एमालेको जनसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले सोमवार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ ।५९औं स्थापना दिवसको अवसर पारेर अनेरास्ववियुले जीतपुसिमरा १४ स्थित जनचेतना आधारभूत विद्यालयमा सामग्री वितरण गरेको हो ।कार्यक्रममा वडाध्यक्ष चयन गुरुङ, एमाले नेता मनोज पौडेल, अनेरास्ववियुका मधेस प्रदेश संयोजक त्रिलोक बिक्रम शाह, केन्द्रीय सदस्य लक्ष्मी तिमल्सिना, मनिष प्याकुरेल, जिल्ला अध्यक्ष सरोज खनाललगायतले करिब ५० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका थिए ।जिल्ला अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रध्यानाध्यापक भवानीकुमारी पाण्डेसहित अनेरास्ववियुका विभिन्न तहका नेता÷कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जीतपुरसिमरा नगर कमिटी अध्यक्ष ईश्वर बस्नेतले गर्नुभएको थियो ।यसैगरी एमालेको अर्को जनसंगठन राष्ट्रिय युवा संघ नेपालले कलैयामा रहेको अनाथ आश्रममा खाद्यान्न हस्तान्तरण गरेको छ । ३४औं स्थापना दिवसको अवसरमा युवा संघले कलैया उपमहानगरपालिका ४ मा रहेको अमृता अनाथालयमा खाद्यान्न वितरण गरेको हो । कार्यक्रम जिल्ला अध्यक्ष राम यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here