सिमरा,ओझेल युवा क्लब टँंगियाबस्तीविरुद्ध जित निकाल्दै सिंगौल युवा क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।महेन्द्रनगरस्थित खेल मैदानमा मंगलवार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा सिंगौलले टाँगियाबस्तीलाई १–० ले पराजित गरेको हो । सिंगौलले अब फाइनल प्रवेशका लागि मकवानपुर र पिलुवाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगिता अन्तर्गत बुधवार दोस्रो क्वाटरफाइनल खेलमा जेवाईसिसि डुमरवाना र आयोजक महेन्द्रनगर युथ क्लबबीच हुनेछ ।महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।


















