सिमरा –  राष्ट्रिय जनता पाटी नेपालका स्थनाीय प्रभावशाली नेता राजुराज गिरी सहित २५ जना पाटी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा स्थानीय तहको निर्वाचनमा तत्कालिन वडा अध्यक्षका उम्मेदवार रहेका गिरी, पार्टीका वडा अध्यक्ष मनोज कुमार गुप्ता, कोषाध्यक्ष प्रदिप गुप्ता, प्रमोद गुप्ता, अमित साह, अरबिन्द साह, आमोद साह लगायत २५ जनाले पार्टी परित्याग गरेको प्रभावशाली नेता गिरी र पाटी वडा अध्यक्ष गुप्ताद्धारा संयुक्त हस्ताक्षरित प्रेष बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय जनता पाटी मधेसी ,मुस्लीम ,दलित ,महिला एवम शोषित ,पिडित , जनताको हक ,अधिकार एवम जीवनस्तर उकास्ने कुनै किसिमको काम नगरेकाले पार्टी परित्याग गरेको नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन् । अघिल्लो स्थानीय चुनावमा पाटीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भई झिनो मतले पराजित भएका गिरी स्थानीय तहमा राम्रो पकड भएको नेता मानिन्छन् ।

आफनो पदीय स्वार्थमा रमाएर जनताको भावनासँग खेलवाड गरि पाटी भित्र गुट उपगुटको मलजल गरी जनताको हितभन्दा ब्यक्तिगत हितलाई पाटीले बढावा दिईएको आरोप बिज्ञप्तिमा लगाईएको छ । कुनै पाटीभित्र नरहेपनि जनताको हितलाई शिरोधार गरि सधै हक,हित र अधिकारकालागि लडिरहने र समाजको सेवा गरिरहने जारी प्रेष बिज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here