कलैया,बाराको गढीमाई मेलास्थलमा हतियारसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–६, मिर्जापुरका १८ वर्षीय अमरजितकुमार सहनी (गोलु) रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी वरिष्ठ नायब निरीक्षक दीपेन्द्र मल्लको नेतृत्वमा खटिएको टोलीले सहनीलाई आइतवार साँझ ६ः१५ बजे मेला परिसरमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।सहनीलाई एक थान चाइनिज पेस्तोल र एक थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply