गोकुल घोरसाइने
निजगढ, २ भदौँ– बाराको कोल्हवी नगरपालिकामा अवैध गर्भबाट जन्मेको छोरोको मृत्युपछि आफन्तले एक दम्पतिको धार्मिक विधिअनुसार बिवाहा गराइदिएका छन ।
अवैध सम्बन्धबाट शिशु जन्मेपछि आफन्त र स्थानीयले बाराको कचोर्वा घर भइ हाल कोल्हवी नगरपालिका वडा नम्बर– ९ पडरीस्थित मामा घर बस्दै आएका वर्ष २४ का विक्रम साह र सोही नगरपालिका वडा नम्बर– १० थस्कौलकी वर्ष २१ की सोनम चौधरीबीच गत साउन ३० गते धार्मिक विधिअनुसार बिवाहा गरिदिएका हुन । २ वर्षदेखिको प्रेम सम्बन्धपछि सोनामले गत साउन २१ गते शीशु जन्माएकी थिइन ।
अवैध सम्बन्धबाट जन्मिएको ४ दिनमै शीशुको मृृत्यु भएपछि आफन्त र गाउँले विक्रम र उनका मामा उपेन्द्र साहलाई कोल्हवी नगरपालिका वडा नम्बर– ९ को वडा कार्यालयमा बोलाएर ५ दिनभित्र सोनमसंग बिवाहा गर्नुपर्ने व्यहोराको कागजमा सहीछाप गर्न लगाएका थिए ।
‘शीशु जन्मेर नि मरिसक्यो, बाबुको ठेगान छैन, वडा अध्यक्ष योगेश चौधरीले भन्नुभयो, सोधखोज गर्दै जादा पत्ता लगाएर दुबैको धार्मिक परम्पराअनुसार बिवाहा गर्न लगाइयोे ।’ ‘तत्कालै केटी जिम्मा लगाउने कुरा पनि भएको थियो, उहाँले भन्नुभयो, तर जुठो परेकाले शिशुको काजकिरिया सकेरमात्रै बिवाहा गराइएको हो ।’ बेहुला बिक्रमले नै शीशुको दहासंस्कार र काज किरियासमेत गरेका थिए ।
खगदे गाउँको शिव मन्दिरमा उनीहरुको बिवाहा भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । सुत्केरी सोनमलाई बिवाहाको लागि टायर गडामा राखेर मन्दिर पुर्यएको थियो ।


















