बरियारपुर,नेकपा एमालेकोतर्फ बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा जिल्लाको क्षेत्र नम्वर २ लाई जनताको हातबाट खोसेर सप्तरी लैजाने षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।बाराको गढिमाईमा एमालेले बुधवार आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले यस्तो आरोप लगाउनुभएको हो । ‘उपराष्टपती बन्नको लागि सासद पद चाहिदैनथ्यो, जुनसुकै नेपाली नागरिक पनि बन्न सक्छ, उहाँले भन्नुभयो, तर बारा २ बाट निर्वाचित सांसदलाई राजिनामा दिन लगाएर क्षेत्र खाली गराइएको र जसपाले सप्तरी लैजान खोजेको छ । तर क्षेत्रका जनताले यस्तो षडयन्त्र कदापि पुरा हुन दिने छैनन ।’पुर्वमन्त्री समेत रहनुभएका उम्मेदवार पौडेलले लोकतन्त्र बहालीपछि बारा २ बाट जपाले २÷२ पटक जितेको तर जनताको पक्षमा कुनै काम नगरको उहाँको भनाइ थियो । ‘अरुले पनि जितेर गएका छन, तर कसैले पनि जनताको पक्षमा कुनै काम गरेनन, उहाँले भन्नुभयो, अब जनता असल जनप्रतिनिधिको खोजीमा छन ।’ उहाँले अन्यत्रबाट चुनाव हारेर आएकाहरुलाई जनताले कदापि स्वीकार नगर्ने भन्दै क्षेत्र नम्बर २ जनताले यसपटक एमालेका उम्मेदवारलाई जिताउने बताउनुभयो । अन्य जिल्लाबाट अस्वीकृत भएकाहरुलाई जनताले जिताउन नहुने पनि उहाँको भनाइ थियो ।उहाँले क्षेत्रका जनताले सहारा खोजेको र आफूलाई चुनाव लडन बोलाएको पनि बताउनुभयो । हारे पनि जिते पनि आफू जनतासंगै बसेर काम गर्ने उम्मेदवार पौडेलको भनाइ थियो ।कार्यक्रमा जसपा, माओवादी केन्द्र र नेपाली काग्रेस पार्टी परित्याग गरि ३ दर्जनभन्दा बढी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । जिल्ला अध्यक्ष बिनोद साहको सभापतित्वमा सम्पन्न सो भेलाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको सम्योजकत्वमा ५०१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटी पनि गठन गरेको छ । कार्यक्रमको नेकपा एमाले केन्द्रीय सदस्य एंव बारा जिल्ला इन्चार्ज बलवीर चौधरीलगायत नेताहरुले बोल्नुभएको थियो । कार्यक्रमको संचालन एमाले जिल्ला कमिटीका सचिव अध्यानन्द पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply