कलैया,बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले मौन अवधिमा निर्वाचन आचारसंहिता वितपरित सूर्य चिन्ह बिनाको नमुना मतपत्र सर्वसाधारण मतदातालाई बाढेको पाइएपछि निर्वाचन अधिकृतको कार्यालय कलैयामा शनिवार उजुरी परेको छ ।नेकपा एमालेका कार्यकर्ता मनोज पौडेलेले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले आफ्नो पार्टीको चुनाव चिन्ह सूर्य नभएको नमुना मतपत्र मतदाताको घरघरमा पुर्याएर बाढेको पाइएपछि कारबाहीको माग गर्दै उजुरी दर्ता गराउनुभयो ।कुशवाहाका कार्यकर्ताहरुले वितरण गरेको नक्कली नमुना मतपत्रसहित एमाले कार्यकर्ता पौडेलले कार्यालयमा उजुरी गर्नुभएको हो । जनमत पार्टीबाट उम्मेदवार बन्नुभएका कुशवाहाले सूर्य चिन्ह नभएको मतपत्र बाढेर मतदातालाई भ्रमित पार्न खोजिएको भन्दै पौडेले कारबाहीको माग गरिएको बताउनुभएको छ ।चुनाव प्रचारको मौन अवधि सुरु भएपछि जनमत पार्टीका कार्यकर्ताहरुले शनिवार क्षेत्रका विभिन्न पालिकामा सूर्य र छाटा चिन्ह नभएको नक्कली नमुना मतपत्र छापेर बाढेका थिए ।एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आफूलाई समर्थन गरेको भन्दै कुशवाहाले एमालेको चुनाव चिन्ह नभएको नक्कली नमुना मतपत्र बाढन लगाएको बताइएको छ । कुशवाहाले यसअघि पनि एमालेका उम्मेदवार पौडेलले आफूलाई समर्थन गरेको भन्दै भ्रमपूर्ण प्रचार गर्दै आएका थिए ।निर्वाचनमा पराजित हुने देखेपछि जनमतका कार्यकर्ता र उम्मेदवार कुशवाहाले निर्वाचतलाई प्रभावित पार्न भ्रमको खेती गरेको र यसबाट बिचलित नभइ सूर्य चिन्हमा मतदान गर्न एमालेले मतदातासंग आग्रह गरेको छ ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले जनमत पार्टीका उम्मेदवार र कार्यकर्तांबाट भएको आचारसंहिता विपरितको कार्यबारे परेको उजुरीमाथि छानविन गरी कारबाही गरिने बताउनुभएको छ ।

Leave a Reply