काठमाडौं । सागोरिका एक्लैले चार गोल गरेपछि साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई फराकिलो अन्तरले हराएको छ ।नेपाललाई ४–० गोलअन्तरले पराजित गर्दै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ ।

पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्याट्रिकसहित ४ गोल गरिन् ।खेलको आठौं मिनेटमा सागोरिकाले नेपाली गोलकिपर सुजाता तामाङ अगाडि बढेको अवस्थामा उनलाई बिट गर्दै ओपन पोस्टमा गोल गरेकी थिइन् ।दोस्रो हाफको ५१औं मिनेटमा दोस्रो गोल गरिन् भने ५८औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ७७औं मिनेटमा सागोरिकाले फेरि गोल गर्दै अग्रता ४–० मा पु¥याइन् ।बंगलादेशविरुद्धको खेलमा नेपाली खेलाडीहरू निरीह देखिएका थिए ।

नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । यसअघि बंगलादेशसँगको अघिल्लो भेटमा पनि नेपाल ३–२ ले पराजित भएको थियो ।उक्त खेलमा नेपालकी डिफेन्डर सिम्रन राईसँगै रातो कार्ड पाएर ३ खेल गुमाएपनि सागोरिकाले आज उत्कृष्ट पुनरागमन गर्दै एक्लै खेलको नायिका बनिन् ।बंगलादेश ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो । यस्तै नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो भयो ।नेपालले भुटानलाई ६–१ र ८–० तथा र श्रीलंकालाई दुवै खेलमा ७–० गोलअन्तरले हराएको थियो ।

Leave a Reply