निजगढ,निजगढ नगरपालिका वडा नम्बर १० लालस्थित पलयुल साम्तेलिङ्ग गुम्बामा इण्डोनेशियाबाट ल्याइएको सिद्धार्थ गौतम बुद्धको अस्त्र धातु दर्शन र पूजापाठ हुने भएको छ ।गुम्बामा सोमवारका दिन सो अस्त्र धातु दर्शन कार्यक्रममा बौद्ध लामा धर्म गुरु खेन रिम्पोछे ग्यालछेनले प्रवचन पनि दिने कार्यक्रम राखिएको नेपाल तामाङ्ग घेदुङ्ग बाराका अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले जानकारी दिनुभयो ।

सोक्रममा निजगढस्थित पूर्वपश्चिम राजमार्गको तामागढीदेखि लालको पलयुल साम्तेलिङ्ग गुम्बासम्म सद्भाव ¥याली पनि आयोजना हुने उहाँले बताउनुभयो ।बुद्धको अस्त्र धातु दर्शन र पूजापाठको लागि इण्डोनेशियाबाट पहिलो पटक नेपाल ल्याइएको हो । काठमाडौलगायत देशका विभिन्न बौद्ध गुम्बाहरुमा पूजापाठ गरी सो अस्त्र धातु छिमेकी मुलुक भारत हुँदै पुनः इन्डिोनेशियामा नै पठाइने अध्यक्ष घलानले जानकारी दिनुभयो ।कार्यक्रममा भक्तजनहरुको रेखदेख र सुविधाको लागि नेपाल तामाङ्ग घेदुङ्ग बाराका कार्यकर्ताहरु स्वयंसेवकको रुपमा खटिने भएका छन । घुदुङ्ग बाराको निजगढ वडा नम्बर ८ स्थित अवतारटोलको साङाक टाँसी छ्योइलिङ्ग गुम्बा परिसरमा शनिवार बसेको बैठकले कार्यक्रममा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो ।

Leave a Reply