वीरगञ्ज,वीरगञ्जको छपकैयाबाट प्रहरीले एक पुरुषको बेवारिसे शव बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गर्दै वीरगञ्ज– ३ छपकैयास्थित रक्तसञ्चार केन्द्रको पछाडितर्फ रहेको गल्लीबाट एक जना पुरुषको बेवारिसे शव बरामद गरिएको जनाएको छ ।मङ्गलवार बिहान साढे ६ बजेको करिबमा स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार अर्धनग्न अवस्थामा फेला परेको अन्दाजी ३० देखि ३५ वर्षीय पुरुषको शवको पहिचान भने खुल्न नसकेको छैन ।मृत भेटिएका पुरुषले निलो रङ्गको फुल जिन्स पाइन्ट लगाएका छन् भने खुट्टामा सेतो स्पोर्ट्स जुत्ता लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here