जियालाल चौधरी,

कोल्हबी,कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित अनुपदिपनी माध्यमिक विद्यालय स्थापना दिवस कार्यक्रम सोमवार एक विशेष समारोहबीच सम्पन्न भएको छ ।

गत शनिवार नै उद्घाटन भएको विद्यालय स्थापना दिवस कार्यक्रम सोमबार समापन गरिएको हो । विद्यालयका प्रधानाध्यापक रामप्रकाश चौधरीको अध्यक्षतामा र बारा जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय अच्युतप्रसाद मैनालीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बारा क्षेत्र न. १ (क) का मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, विद्यालयका पूर्वप्रधानाध्यापक केवलप्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश धिमाल, कोल्हबी नगर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष महेशकुमार साह, नेकपा एमाले कोल्हबी नगर अध्यक्ष पुरनदेब चौधरी, श्री जनता मावि ककडी पर्सौनाका प्रधानाध्यापक चन्द्रेश्वर कुशवाहा लगायतले विद्यालयको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका अभिभावक, विद्यार्थी, समाजसेवी र शिक्षाप्रेमी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।

विद्यालय स्थापना दिवस कार्यक्रममा विभिन्न विधामा विद्यालयका उत्कृष्ट विद्यार्थी, पूर्वशिक्षकहरु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरुलाई समेत प्रमाणपत्र तथा दोसाला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका छात्रछात्राहरुले मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here