पुष्पराज खतिवडा
बारा,सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेको मधेस प्रदेशसभा सदस्य देवनारायणप्रसाद चौधरीले बताउनुभएको छ । शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड छातापिपराको १०औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारी संस्थाहरुको योगदानको प्रशंसा गर्नुभएको हो ।

प्रमुख अतिथि चौधरीले राज्य नपुगेका ठाउँमा पुगेर सहकारीहरुले साना किसान, विपन्न, गरिबलाई विभिन्न कार्यक्रममार्फत सहयोग गरिरहेको बताउनुभयो । ग्रामीण अर्थतन्त्रको बलियो आधारका रुपमा रहेका सहकारीहरु र आवद्ध सदस्यहरुलाई सहयोग हुनेगरी राज्यले नीति बनाउन पर्ने पनि बताउनुभयो । बदमासी गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई सहयोग हुनेगरी प्रदेश कानुन संसोधनमा आफुले भुमिका खेल्ने उहाँले बताउनुभएको थियो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण साह, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.को हेटौंडा शाखाका अधिकृत रामबाबु सिंह, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाका व्यवस्थापन प्रमुख पुष्पराज खतिवडा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ र ८ मोतीलाल राउत यादव र शिवशंकरप्रसाद महत्तो कोइरी, लक्ष्मीकान्त प्यारेलाल चौधरी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कारोबारकर्ताहरुसमेत गरी सो अवसरमा संस्थाले १२ जनालाई नगद, प्रमाणपत्र, दोसल्ला र कृषि उपकरण प्रदान गरेर सम्मान गरेको थियो ।१ हजार ९० जना महिला सहभागी संस्थाले ८ करोड २४ लाख ४३ हजार बढीको कारोबारबाट गत आ.व.०८०।०८१ मा २१ लाख १८ हजार मुनाफा गरेको थियो । उक्त नाफबाट सदस्यहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने सभाले निर्णय गरेको प्रबन्धक जीतेन्द्र चौधरीले जानकारी दिनुभयो ।कार्यक्रम संस्था अध्यक्ष विजयता चौधरीको अध्यक्षता, संचालक पुनमदेवी महत्तोको स्वागत एवंम प्रबन्धक चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply