निजगढ,निजगढ नगरपालिकाले पूर्वपश्चिम लोकमार्गलगायत नगरका मुख्य सडक क्षेत्रभित्र रहेका पसल, टहरा, ठेला र अन्य सामाग्रीहरु हटाउने कार्य शुक्रवारबाट सुरु गरेको छ ।

नगरपालिकाका मेयर सुरेश खनालसहितको स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र कर्ममचारीको टोली अतिक्रमण हटाउन सडकमा निस्किएको हो । मेयर खनालसहित स्थानीय जनप्रतिनिधि, प्रहरी र कार्यालयका कर्मचारीसहितको टोलीलाई राजमार्गको सहिद चोकमा ठेलामा पसल संचालन गर्दै आएका फलफूल व्यापारीहरुले भने नगरपालिकाले आफुहरुलाई पसल राख्ने स्थानको प्रवन्ध गर्नु पर्ने भन्दै असन्तुष्टि जनाएका थिए । केही पसललेले अटेर गरेपछि सो विषयमा र कार्यपालिकाको बैठक बसेर छलफल गर्ने भन्दै टोली फर्किएको थियो ।

गत पुष ३० गते निजगढ नगरपालिकाका नगरप्रमुख सुरेशकुमार खनालको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्रका मुख्य सडक तथा भित्री सडकहरुमा लामो समयसम्म विभिन्न निर्माण सामाग्रीहरु अव्यवस्थित ढंगले राखी सवारी साधन तथा मानिसहरु आवतजावत तथा हिंडडुल गर्न कठिनाइ भएको भन्दै हटाउने निर्णय गरेको थियो ।

सडकहरुको दिगोपनामा समेत प्रतिकूल असर परिरहेकोले नगरपालिका क्षेत्रभित्र रहेका सबै सडकहरुको अधिकार क्षेत्रभित्र सडकमा अबरोध पुग्ने गरी कुनै पनि सामाग्रीहरु राख्न नदिने निर्णय भएकोमा सो बमोजिम सडक खाली गर्न १५ दिनको म्याद दिई सूचना समेत प्रकाशन गरिएको भएपनि स्थानीयले अटेर गर्दै आएका छन् । नगरपालिमा पर्ने पूर्वपश्चिम राजमार्ग खण्डको सडक क्षेत्रभित्र पर्ने शहीद चोक, बुद्ध चोकसमेतमा रहेका अव्यवस्थित पसल, ठेला, टहरा सडकबाट खाली गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here