सिमरा,बारा जिल्लाको पहिलो सामुदायिक रेडियो, रेडियो सिमरा ९१. २ मेगाहर्ज १५औँ वर्ष पार गरि १६औँ वर्षमा प्रवेश गरेको छ ।हाम्रो समाज जागरण अभियानले २०६६ सालबाट सञ्चालनमा ल्याएको रेडियो सिमरा बारा जिल्लाको पहिलो सामुदायिक रेडियो हो । रेडियो सिमरा स्थापना दिवसको अवसरमा मंगलवार आयोजना गरिएको कार्यक्रममा बोल्दै रेडियोका अध्यक्ष पुरुषेत्तम पौडेलले रेडियो सिमरा समुदायलाई देशसँग जोड्ने दायित्वमा कटिबद्ध रहेको बताउनुभयो ।
त्यस्तै प्रवन्ध निर्देशक अच्युत पौडेलले समुन्नत समाज निर्वाणका लागि सामुदायिक रेडियोहरुको भूमिका अब्बल रहँदैआएको बताउनुभएको छ । नाफामुखी नभै जनतामुखी र पिछडिएका वर्गप्रति उत्तरदायी बनेर र उनीहरुको आवाज बनेर १५औँ वर्षसम्मको यात्रा तय गरिएको भन्दै निर्देशक पौडेलले यात्रामा साथ दिने सहकर्मी, संघसंस्था र शुभचिन्तकप्रति आभार समेत व्यक्त गर्नुभएको थियो ।पछिल्लो समय सामुदायिक र अन्य रेडियोलाई एकै स्थानमा राखेर हेर्ने गरिएको भन्दै निर्देशक पौडेलले सिंगो समुदाय र कुनै निश्चित संस्था बराबर हुन नसक्ने समेत बताउनुभयो ।

Leave a Reply