दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा दुई दिने सिलाइकटाई तालिम शुरु भएको छ ।महागढीमाई नगरपालिकाको आर्थिक सहयोग र बारा कपडा तथा सिलाइ व्यवासायी संघको आयोजनामा दुई महिने सिलाई कटाई तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष चन्दन कुमारले दिप प्रज्वलित गरि उद्धाटन गर्नुभएको थियो ।तालिमा सहभागीहरुलाई गुल्टेन अंसारी र सुशीला देबीले प्रशिक्षण दिनुहुनेछ । उद्घाटन समारोहमा कार्यपालिका सदस्य पासपतिया देबी पंडित, महागढीमाई नगर पालिकाको योजना शाखा प्रमुख महेन्द्रप्रसाद कुशवाहा, दलित महिला सदस्य कुन्ती देबी राम लगायतको उपस्थिति रहेको थियो । तालिममा २० जना महिलाहरुको सहभागीता रहेको बारा कपडा तथा सिलाइ व्यवसायी संघका अध्यक्ष जहिर मिया अंसारीले जानकारी दिनुभयो ।




















