कलैया, बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय नम्बर प्लेटको गाडी (जीप) नियन्त्रणमा लिएको छ ।जिल्लाको बैरियाबाट सिम्रौनगढ जाँदै गरेको एचआर २६ बीबी ००४० नम्बरको भन्सार महसुल नतिरी चलाएको सेतो रंगको भारतीय स्कारपियो गाडी प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीले सोमवार नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएको गाडी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

Leave a Reply