कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर ६ को कृषि बजारमा व्यवस्थित माछा÷मासु पसल संचालन गर्ने तयारी गरिएको छ। कलैया वडा नम्बर १ बजारमा रहेको माछामासु पसल कृषि बजारमा व्यवस्थित तरिकाले संचालन गर्ने तयारी गरिएको नगर प्रमुख विनोद साहले जानकारी दिनुभयो ।

नगर प्रमुखसाहले मंगलवार बजार संचालन हुने स्थलको प्रविधिक टोलीसहित अनुगमन तथा निरीक्षण गर्नुभएको थियो । सो अवसरमा नगर प्रमुख साहले माछा÷मासु बजार संचालनको लागि आवशयक खाका तयार गर्न प्राविधिकहरुलाई निर्देशन दिनुभएको थियो। सो स्थानमा व्यवस्थित पशु वधशालासहित एकिकृतरुपले माछा–मासु पसल संचालन हुने जनाइएको ।
अनुगमनको क्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, नगर खेलकुद विकास समितिका संयोजक एम.समिउल्लाह, वडा नम्बर १३ का अध्यक्ष राजेश महता खत्री, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, उपाध्यक्ष प्रदिप साह (गोल्डेन), सचिव शिवजी यादव र कार्यालयका प्राविधिकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply