पुष्पराज खतिवडा
बारा,भरतपुर महानगरपालिका २७ को सिमलताल पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका बाराका चार जनाको परिवारका सदस्यले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।नदीमा बेपत्ता भएकी २३ बर्षिय सृष्टि यादवको अबस्था अझै पत्ता नलागेपछि परिवारजनले शुक्रवार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन । घटनाको आठौं दिनसम्म अवस्था पत्ता नलागेपछि सृष्टिका अभिभावकले कुशको शव बनाएर अन्तिमसंस्कार गरेका थिए । लामो समयसम्म पनि अवस्था पत्ता नलागेको र जिवित हुनसक्ने आश पनि मरेकोले धार्मिक विधिअनुसार कुशको शव बनाएर सृष्टिको अन्तिम संस्कार गरिएको आफन्तले जनाएका छन् ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत सृष्टि वैदेशिक रोजागारीको क्रममा परीक्षा दिन कार्यालयको काम सकेर बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एन्जल डिलक्स बसबाट काठमाडौंतर्फ जाँदै थिईन् ।
घटना भएको एक सातासम्म पनि अवस्था पत्ता नलागेपछि बाराकाबेपत्ता ४ मध्ये ३ का परिवारजनले कुशको शव बनाएर उनीहरुको अन्त्यष्टि गरेका हुन् ।घटनामा परेका बाराको प्रसौनी गाउँपालिका २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी, बिश्रामपुर गाउँपालिका ३ का प्रमानन्द पंडित र कलैया उपमहानगरपालिका १४ की सृष्टि यादवको अवस्था पत्ता लाग्न नसकेको हो । त्रिशुली नदीमा हराएको शव फेला पर्ने आश मरेपछि परिवारका सदस्यले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।सोही घटनामा परेका बाराका प्रसौनी गाउँपालिकाका २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवीको बुधवारनै परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।यता बिश्रामपुर गाउँपालिका–३ का प्रमानन्द पंडितको अवस्था पनि अहिलेसम्म पत्ता लागेको छैन ।



















