कृपा संवाददाता
कलैया, ०९ बैशाख । विश्वव्यापी रुपमा फैलि रहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारका अवस्था अनुगमन गर्न बारामा एक समिति गठन भएको छ । सोमबार राष्ट्रिय मानव अधिकार आयोगले कोभिड –१९ को सन्र्दभमा मानव अधिकार अवस्था अनुगमन नेटर्वकको कार्यविधि २०७६ बमोजिम बारामा जिल्ला स्तरिय समिती गठन भएको छ ।

 

 

 

गैरसरकारी संस्था महासंघ बाराका अध्यक्ष शम्भु चौधरीको नेतृत्वमा मानव अधिकारका अवस्था अनुगमन उच्चस्तरीय नेटवर्क गठन भएको हो । सदसयमा नेपाल पत्रकार महासंघ अध्यक्ष कमल कुमार उपाध्याय, बार एसोसिएसन बाराका अध्यक्ष ओम प्रकाश केशरी रहेको हो ।

 

 

कोभिड–१९ को विरुद्ध लडन नेपाल सरकारबाट भईरहेको कार्यहरु, स्वास्थ्ययोपचारको अवस्था, आम उपभोक्ताहरुको अधिकार, अभिव्यक्ति स्वतन्त्रता, न्यान प्रशासनमा पहुच, नागरिकको कर्तवय लगायतका विषयमा अनुगमन गर्न समिति गठन गरेको हो ।

Leave a Reply