कोल्हवी,नेकपा एमालेले बारागढी गाउँपालिकाको श्रीपुरामा सोमवार कार्यकर्तालाई चुनाव लक्षित प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न कार्यकर्ताहरुले चुनाव प्रचार कार्यमा मात्रै नभएर मतदान र मतगणना कार्यमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । मतदाता र जनता आफ्नो पक्षमा भएर पनि मतको सुरक्षा गर्न सकिएन भने निर्वाचनमा पराजय बेहोर्नु पर्ने भन्दै उहाँले आगामी निर्वाचन पार्टीको पक्षमा पार्न कार्यकर्ताहरुले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता युवराज क्षेत्री (बोहोरा) र केवलप्रसाद चौधरीले पनि मतदानको दिन गर्नुपर्ने तयारीको बारेमा कार्यकर्तालाई जानकारी गराउनुभएको थियो ।
जसपाका नेता दयाशंकरप्रसाद रायको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले प्रदेश सभामा समानुपातिकतर्फका उम्मेदवार केवलप्रसाद चौधरी, पृथ्वीराज सिवाकोटी, श्यामप्रसाद खनाल, ढुण्डिराज उप्रेती, राधाकृष्ण चौधरी, शंकर चौधरी, कलावती चौधरी, नेहा, रसिक सुवेदी, भेषराज चौधरी र मधुसूदन अधिकारी लगायत एमाले र जसपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एमाले बारागढी पालिका अध्यक्ष बृजकिशोर चौधरीले गर्नुभएको थियो ।