कोल्हबी,बाराको कोल्हबी नगरपालिकामा मोटरसाइक दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा कोल्हबी नगरपालिका वडा नम्ब १ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको मृत्यु भएको हो । शनिबार राति साढे ८ बजे कोल्हबी नगरपालिका वडा नम्बर १ स्थित कोल्हबी चौकीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भइ सडक छेउमा रहेको बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

दुर्घटनामा कोल्हबी ननगरपालिका वडा नम्बर १ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी, १९ वर्षीय सुशील चौधरी र कोल्हवी नगरपालिका वडा नम्बर– ९ बस्ने २० वर्षीय अशोक चौधरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पताल पठाइएको थियो । टाउकोमा गम्भीर चोट लागेका सागर र सुशीलको उपचारको क्रममा मृत्यु भएको र अशोकको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

त्यसैगरी शनिबार सवारी दुर्घटनाका आर्का घाईते कलैया उपमहानगरपालिका वडा नम्बर– ९ बस्ने ४५ वर्षीय रामबालक मण्डलको पनि मृत्यु भएको छ । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

४ जना भारतीयको मृत्यु

रौतहट,रौतहटमा भारतीय नम्बर प्लेटको कार पल्टिँदा शनिबार राति चार जनाको ज्यान गएको छ ।

चन्द्रनिगाहापुरबाट गौर जादै गरेको भारतीय नम्बर प्लेटको कार यमुनामाई गाउँपालिका वडा नम्बर ४ झुन्खुन्वाचोकमा गएराति सवा १० बजे पल्टिएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार दुर्घटनामा ज्यान गुमाउने चारै जना भारतीय नागरिक हुन् । चालकले मादक पदार्थ सेवन गरेर कार चलाएकाले दुर्घटना भएको उहाँले बताउनुभयो । सडकको किनारमा रहेको ठूलो खाल्डोमा कार पल्टिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार खाल्डोमा पानी जमेको थियो । यसैबीच रौतहटमा भएको कार दुर्घटनामा मृतक चारै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिम महतो र २८ बर्षिय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यसैगरी महोत्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । शनिबार राति गौशालाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको उग्रतारा ट्राभल्स बस अनियन्त्रित भई बर्दिवास नगरपालिका वडा नम्बर ५ टुटेश्वर चोक सडक खण्डमा दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको उपचार मोडल अस्पताल लालगढमा भइरहेको छ भने अन्य घाइतेहरुको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइ रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here