वीरगञ्ज,वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा रु. १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७.५७ प्रतिशत राजस्व संकलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलन पनि घटेको उल्लेख गर्नुभयो ।चालू आवको साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा रु. चार अर्ब ६४ करोड, असोजमा रु. चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिनुभएको छ ।कार्यालयले गत आवको चार महिनामा रु. १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रु. २० करोड चार लाख ५६ हजारले राजस्व संकलनमा कमी आएको बरुवालले जानकारी दिनुभएको छ ।

Leave a Reply