वीरगञ्ज,वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई आफ्ना कार्यक्रमहरूमा बहिष्कार गर्ने भएको छ ।सङ्घका पदाधिकारीहरूका अनुसार मुख्यमन्त्री सिंहलाई एक कार्यक्रमका लागि निमन्त्रणा गर्न खोज्दा उहाँले समय दिन अस्वीकार गरेपछि सङ्घले उहाँलाई बहिष्कार गर्ने निर्णय गरेको हो ।सङ्घले मुख्यमन्त्री सिंहलाई कार्यक्रमका लागि समय दिन आग्रह गर्दा उहाँले “पहिले मसँग सल्लाह गरेर मात्रै समय निर्धारण गर्नुहोला । मलाई पूर्वमुख्यमन्त्री लालबाबु राउत नसोच्नुहोला,” भन्ने जवाफ दिएको सङ्घका पदाधिकारीहरूले खुलासा गरेका छन् ।
मुख्यमन्त्री सिंहको यस्तो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सङ्घले आगामी कुनै पनि कार्यक्रमका लागि उहाँलाई नबोलाउने अडान लिएको हो ।मुख्यमन्त्रीको व्यवहारले सङ्घलाई उपेक्षित गरेको महसुस भएकोले अब सङ्घका कार्यक्रमहरूमा उहाँलाई आमन्त्रण नगरिने सङ्घका पदाधिकारीले बताएका छन ।

Leave a Reply