दिपेन्द्र जयसवाल

गन्जभवानीपुर,करैयामाई गाउँपालिकाले एक कार्यक्रमबीच स्वच्छिक अवकास लिएका सामुदायिक विद्यालयहरूका ४ जना शिक्षकहरूको बिदाई गरेको छ ।शिक्षा शाखा प्रमुख लक्ष्मण भट्टाराईको अध्यक्षतामा गाउँपालिकाकोे सभा हलमा भएको कार्यक्रममा विद्यालयबाट स्वच्छिक अवकास लिएका शिक्षकहरू जननरेश जयसवाल, रामजच्चु चौधरी, शिवशंकर धामी, दीनानाथ गुप्ताको एक कार्यक्रमबीच बिदाई गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनैना चौधरीले फूलमाला, टीका र दोसाला ओढाएर सम्मान गरी शिक्षहरूलाई बुदाई गर्नुभएको थियो । शिक्षक बिदाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी, अधिकृत बिरेन्द्र महतो, वडा नम्बर ८ का वडा अध्यक्ष दिनेश चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष बृज चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष उमेश चौधरी, गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा जिल्लाको प्रसौनी गाउँपालिकाबाट सरूवा भई आउँनुका भएका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीलाई पनि शिक्षा शाखा प्रमुख लक्ष्मण भट्टाराईले स्वागत गर्नुभएको थियो ।

















