सिगौल,असार ‘मानो रोपेर मुरी फलाउने’ महिना हो । तर सिचाई अभावमा बाराको निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ किसानहरुले यतिबेलासम्म पनि नधान रोप्न पाएका छैनन । सिंचाई अभावमा किसानले यो वर्ष धान रोप्न नपाएका हुन ।
अविरल बर्षासंगै केहि दिन अघि धन्सार खोलमा आएको बाढीले सिचाई कुलोको बाँध बगाएपछि असार महीना सकिन लाग्दा पनि किसानले रोपाइ गर्न नपाएका हुन ।
निजगढ नगरपालिकाको सिगौंलमा पर्ने वडा नम्बर १, २ र ३ मा स्थानीय सरकारले अन्य बिकासको पूर्वाधार जस्तै खानेपानी र किसानको सिंचाई सुविधाप्रति पनि बेवास्ता गरेको किसानहरुको गुुनासो छ । सिचाईको बाँध निर्माणमा स्थानीय निकायले चासो नदिदा यस क्षेत्रका किसानहरुलाई हरेक वर्ष रोपाइमा कठिनाइ हुने गरेको छ । यस क्षेत्रका किसानले धन्सार खोलमा कच्ची बाँध बनाएर सिचाई प्रवन्ध गर्दै आएका थिए । तर स्याउलाले बनाएको बाँध बाढीले सजिलै बगाउने र सिंचाई अभाव हुने किसानको गुनासो छ ।