आरके राजन
सिम्रौनगढ,सनातन धर्म रक्षा मञ्चको ६९औं सत्संग गोष्ठी बिहीवार बाराको सिम्रौनगढ नागरपालिकाको कचोर्वामा सम्पन्न भएको छ ।आत्मबोधी, हत्याहिंसा, भेदभाव र नशारहित समाज निर्माणलगायतका उद्देश्य राखेर सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ मा रहेको बलुआटा मठको प्राङ्गणमा सो गोष्ठीको आयोजना गरिएको हो ।गोष्ठीका प्रवचनकर्ताहरुले सात्विक व्यवहार र आहारमा जोड दिएका थिए ।

सनातन धर्म रक्षा मञ्चका अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा भएको सो गोष्ठीमा बैकुण्ठप्रसाद जयसवाल, संजय शास्त्री, राजमङ्गल बाबा, मेघनाथ बैरागी, महेन्द्रप्रसाद यादवलगायतले प्रवचन दिएका थिए ।सो कार्यक्रमको शुरुमा भगवान शिवको पूजा गरि महामृतुञ्जय मन्त्रकासाथ बृहद हवन र आरतिको आयोजना गरिएको थियो । धार्मिक कार्यक्रमअन्तर्गत भण्डाराको पनि आयोजना गरिएको थियो ।गोष्ठीको सनातन धर्म रक्षा मञ्चका सचिव बकुण्ठप्रसाद जयसवालले सहजीकरण गर्नुभएको थियो । गोष्ठीमा विश्व हिन्दु परिषद शखा सिम्रौनगढ नगर अध्यक्ष रामविलास प्रसाद साह, सिम्रौनगढ नगरपालिकाका पूर्व नगर प्रमुख विजयशंकर यादवसहित दुई सयभन्दा बढी महिला, पुरुष र सर्वसाधारण श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।

Leave a Reply