कलैया,बारा जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लागेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले आउदै गरेको मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न, शान्ति सुरक्षालाई दृष्टिगत गरी सूचना जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित सूचना पत्रमा मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्ला भरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को ओसार पसार, बिक्री वितरण कार्य र सेवन गर्न पुर्णरुपमा निषेध गरिएको जनाइएको छ ।

ईजाजत पत्र प्राप्त गरेकाहरुलाई समेत मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले मदिराको बिक्री तथा सेवनमा रोक लागाइएका कारण निर्णय कार्यान्वयनका लागि सहयोग गर्न सर्वसाधारणसँग समेत आग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here