दिपेन्द्र जयसवाल
गन्जभावनीपुर,बाराको कोल्हबी नगरपालिकामा रहेको जितिया बहुउद्देश्ययी सहकारी संस्थाको छैठौँ साधारण सभा बिहीवार सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष भुवनप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न सो साधरण सभाको कोल्हबी नगरपालिकाका नगर प्रमुख प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ति बालेर उद्धाटन गर्नुभएको थियो ।

कोल्हबी नगरपालिका वडा नम्बर १ मा रहेको थारु सदनमा भएको सो साधारण सभामा कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, तामागढी अस्पताल प्रा.लि कोल्हबीका बिवेक चौधरी, तामागढी वन व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र पनुहर, शान्ति बृद्धा फाउण्डेशनका प्रेमनारायण चौधरी, समाजसेवी कपीलदेव चौधरी, जनशक्ति युवा क्लब कोल्हबीका अध्यक्ष खुशी चौधरी, श्रीमणी माध्यमिक विद्यालय थस्कौलका पूर्व प्रधानध्पाक जनार्दनप्रसाद चौधरी, स्थानीय समाजसेवी जचु चौधरीलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा सस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष भुवनप्रसाद चौधरीले र लेखा समितिको प्रतिवेदन कृष्णप्रसाद चौधरीले प्रस्तुत गर्नुभएको थियो । सभामा संस्थाले चालु आर्थिक वर्षमा १ करोड ८६ लाख ५ सय रुयैया बराबरको कार्य गरेको जानकारी दिइएको थियो । .साधरण सभामा संस्थाका शेयर सदस्य, स्थानीय राजनितक दलका प्रतिनिधि, सहकारी संञ्चालक समितिका पदधिकाकरीहरु र स्थानीयबासिन्दाहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संञ्चालन रामनाथ चौधरीले गर्नुभएको थियो ।

Leave a Reply