कलैया,जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छली ल्याएको ६१ बोरा चिनी कलैयाबाट नियन्त्रणमा लिएको छ ।
कलैया उपमहानगरपालिका–२५ बस्ने तजमोदिन अंसारीको घरमा प्रहरीले चेकजाँच गरेको थियो । जाँचको क्रममा उनको घरबाट भन्सार छली ल्याइएको ६१ बोरा चिनी र बोरा सिलाउने एक थान मेसिन समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको चिनीको बजार मुल्य दुई लाख ५९ हजार रहेको तथा आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुर्झाएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
फोटो पनि छ ।
वीरगञ्जबाट ५८ लाखको सामानसहित ट्रक नियन्त्रणमा
वीरगञ्ज,पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको अवैध मालसामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसिपी चोकमा बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले सो ट्रकलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको उक्त ट्रकमा बिल बिजकभन्दा बढी मूल्यका विभिन्न किसिमका कस्मेटिक सामानहरु लोड गरिएको थियो ।प्रहरीले नियन्त्रणमा लिएको सामान र ट्रकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी दीपक भारतीले जानकारी दिनुभएको छ ।