मनोज शाह
जीतपुर,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दुधौरा खोलाबाट नदीजन्य पदार्थको तस्करी तीव्र बनेको छ ।स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बलुवा गिटी लगायतका नदीजन्य पदार्थको तस्करी गरिरहेका स्थानीयहरुको अरोप छ ।दैनिक दर्जनौं ट्याक्टरबाट सो क्षेत्रबाट खुल्लमखुल्ला बालुवा तस्करी भइरहँदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन मौन बसेकोले उनीहरूको मिलिमतोमा आशंका गरिएको हो । उपमहानगरपालिकाले हालसम्म पनि नदीजन्य पदार्थको ठेक्काको लागि सूचना आह्वान गरेको छैन ।यसैबीच स्थानीयहरूले बालुवा तस्करी भइरहेकोभन्दै सोको विरोध गरेका छन । उनीहरूले स्थानीय संचारकर्मी र प्रहरीलाई तस्करीको घटनाबारे जानकारी गराएर घटनास्थलमा बोलाउका थिए ।स्थानीयको विरोधपछि प्रहरीले केही बालुवा तस्करीमा प्रयोग भएको गाडीलाई समातेर कारबाही गरेको भएपनि तस्करी भने पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सोमवार बिहान खोलामा ढुङ्गा र बालुवा लोड गरिएका ट्याक्टरहरू डुडिरहेका देखिएको थियो ।

Leave a Reply