राजनीतिक रुपमा नेकपा माओवादी केन्द्र अहिले शक्तिशाली स्थानमा छ । तर उसको स्थान भने तेश्रो ठूलो पार्टीको रुपमा रहेको छ । कुनै समय भूमिगत राजनीति गरेको र चुनावबाट समेत पहिलो पार्टी भएको मओवादी तेश्रोमा खुम्चिएको हो । यद्यपि नेपाली राजनीतिमा माओवादी केन्द्र भने शक्तिशाली छ । यसैका अध्यक्ष प्रचण्डले घरी एमालेसंग त घरी काँग्रेससंग मिलेर पार्टीलाई स्थापित गराएका छन् ।

तर,यही पार्टीको आफ्नो आन्तरिक संगठन भने निकै कमजोर छ । यसको प्रमाण भनेको करिब एक वर्षपछि मात्रै माओवादीका अध्यक्ष प्रचण्डले पदाधिकारीलाई पूर्णता दिएका छन् । लामो समय रिक्त रहेको पदाधिकारीलाई सानो पार्टीमा समेत पूर्णता दिन कठिन हुन सक्छ भने कसरी माओवादीले आफ्नो संगठनलाई बलियो बनाउन सक्ला र ?

तैपनि माओवादीले पदाधिकारीलाई पूर्णता दिएको छ । तरपनि माओवादीले फेरि अबको मंसिर ४ गते हुने चुनावमा आफूलाई स्थापित गराउनका लागि फेरि कसैको सहारामा जानुपर्ने नै छ । काँग्रेससंग उसको गठबन्धन भएकाले केही स्थानमा जित हासिल गर्ला तरसैद्धान्तिक रुपमा भने माओवादीमा विचलन भने आएको छ । पछिल्लो समय राष्ट्रिय राजनीतिमा उसले रमिता नै देखाएको छ ।

Leave a Reply