कलैया,अवैध लागुऔषध खैरो हिरोइनसहित प्रहरीले अमलेखगंजबाट बिहीवार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गोरखपुर खजुरीका ६० वर्षीय सन्तोषकुमार त्रिपाठी रहेका छन् ।वीरगन्जबाट हेटौडातर्फ जादै गरेको ना१ज २०८६ नम्बरको सुमो रोकेर चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय अमलेखगंजको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको हो । खुट्टामा बाधेर दुई सय ग्राम लागुऔषध लुकाएर लैजादै गरेको अवस्थामा त्रिपाठीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।पक्राउ परेका त्रिपाठीलाई लागुऔषध सम्बन्धि कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिनुभएको छ ।

Leave a Reply