बारा,नेकपा माओवादी केन्द्र निकट महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले सिमरामा गत ५ गते गरेको तीज विशेष कार्यक्रममा कानुनको ठाडो उलंघन गर्दै शिक्षक महिलाहरुको उपस्थिति गराइएको पाइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको जनता माध्यमिक विद्यालय रजघट्टाका एकदर्जन शिक्षिकाहरु विद्यालय पोशाकसहित गलामा शिक्षक परिचयपत्र भिरेर पार्टीको कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा सहभागीहरु शिक्षकहरु माओवादी निकट शिक्षक संगठनका नेतासमेत रहेका राजु अधिकारी प्रधानाध्यापक रहेको विद्यालयका हुन् ।शिक्षकहरु पोशाकसहित पार्टीको कार्यक्रममा सहभागी भएको तस्विर सामाजिक संजालमा फेला पारेको छ ।विद्यालय श्रोतका अनुसार उक्त दिन स्कुलमा अध्यापन नै छाडेर प्रध्यानााध्यापकसहित महिलाहरु कार्यक्रममा सहभागी भएका थिए ।

Leave a Reply