सिमरा,डुमरवाना भेट्रान्स क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गरेको छ ।
जीतपुरसिमरा वडा नम्बर १६ स्थित महेन्द्रनगर खेल मैदानमा शनिवार सम्पन्न खेलमा डुमरवानाले चकरी युवा क्लबलाई ५–० ले पराजित गरेको हो ।डुमरवानाको जितमा कृपा चौधरी र सबिन लामाले २–२ गोल गर्दा मोहित गुरुङले एक गोल गरे । खेलको प्लेयर अफ दि म्याच मोहित गुरुङ घोषित भए ।प्रतियोगिता अन्तर्गत आइतबार सिंगौल फूटबल क्लब र आयोजक महेन्द्रनगर युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।महेन्द्रनगर युथ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ ।

Leave a Reply